काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो । यदि कुनै संस्थापक सेयरधनीले उक्त सेयर किन्न चाहेमा आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र कम्पनीका संस्थापक सेयरधनीबाट सो सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।