
काठमाडौं । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित दोस्रो आर्थिक गणना चैत १ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर चैत १ देखि असार मसान्तसम्म आर्थिक गणना गरिने जानकारी दिएको छ । आर्थिक गणनासम्बन्धी कार्यालयले सोमबार तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । यसअघि पहिलो आर्थिक गणना २०७५ सालको वैशाखमा सुरु भएको थियो ।
दोस्रो आर्थिक गणनाका लागि करिब ५ हजार गणक नियुक्त गरिनेछ । गणनाका क्रममा उद्योग तथा व्यवसायसँग सम्बन्धित आर्थिक विवरण, उद्योगबाट भएको उत्पादन, देशको औद्योगिक अवस्था तथा रोजगारी सिर्जनाको अवस्थासम्मको तथ्यांक संकलन गरिने तथ्यांक कार्यालयले जनाएको छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण संकलन गर्ने योजना रहेको कार्यालयले स्पष्ट पारेको छ । आर्थिक गणनाबाट मूल्यवृद्धि, रोजगारीको स्थिति, अवसर, जनशक्तिको आवश्यकता तथा भविष्यमा लिने नीतिगत निर्णयका लागि आवश्यक सूचना उपलब्ध हुने विश्वास गरिएको छ । यसबाट प्राप्त तथ्यांकको विश्लेषणले राज्यलाई आगामी दिनमा आर्थिक तथा विकास नीतिहरु निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
कार्यालयका अनुसार गणनाका क्रममा विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ । गणनाका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीका काम फागुन मसान्तसम्म सम्पन्न गरिनेछ । तथ्यांक संकलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरीवेक्षकहरू स्थलगत रूपमा परिचालन हुनेछन् ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय