
काठमाडौं । यस साता नेप्से परिसूचक झिनो अंक घटेको छ । गत साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से यो साता ०.०२ प्रतिशत अर्थात ०.५६ अंक घटेर २७१४.०५ विन्दुमा बन्द भएको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ५६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १४ अर्ब ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४७.१४ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५१.७७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३८.८० प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९ करोड रुपैयाँ घटेर ४५ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशत बढेको छ। गत साता ३४९५.४४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०२.५० अंक बढेर ३५९७.९४ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १४२.२६ अंक बढेको छ। गत साता ७३८०.१० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १.९३ प्रतिशत बढेर ७५२२.३६ विन्दुमा पुगेको छ ।
यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत घटेको छ। गत साता २४१७.९२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२.२४ अंक घटेर २३७५.६८ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १४८.८९ घटेको छ ।













समाचार
पत्रकार किशोर श्रेष्ठ पक्राउ
चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा
सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ : व्यवसायी थापा
नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?
रासायनिक मलको माग उच्च, आपूर्ति कम
कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी
बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च