
काठमाडौं । सेयर बजार परिसूचक ४७.३१ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेप्से परिसूचक ४७.३१ अंकले बढेको हो ।
२०८१ पुस मसान्तमा २५९४.१३ रहेको नेप्से सूचकाङ्क २०८२ पुस मसान्तमा बढेर २६४१.४४ विन्दुमा कायम भएको छ । २०८२ पुस मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४४३५ अर्ब ३ करोड कायम भएको छ । २०८१ पुस मसान्तमा बजार पुँजीकरण रु.४३०२ अर्ब ८८ करोड रहेको थियो । २०८१ को पुस मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.३७ प्रतिशत रहेकोमा २०८२ पुसमा ७२.६२ प्रतिशत रहेको छ । २०८२ पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८४ रहेको छ ।
सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९७ जलविद्युत्कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन्। २०८१ पुसमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.८ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ पुस मसान्तमा सूचीकृत ९ अर्ब २२ करोड सेयरको चुक्ता मूल्य रु.९०८ अर्ब ५० करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा रु.२१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, रु.६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, रु.६ अर्ब २५ करोड बराबरको बोनस सेयर, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ लगायत गरी कुल रु.४८ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ८३ करोड बराबरको म्युचुअल फण्ड, रु.५ अर्ब ५५ करोड बराबरको साधारण सेयर र रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल रु.२१ अर्ब १५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।











समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण