
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा २.९२ प्रतिशतले नाफा बढेको हो ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीले कुल २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १९ करोड ६१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ९८ करोड १६ लाख रुपैयाँबाट १४.६३ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ भन्दा माथि पुगेको छ । त्यस्तै कम्पनीको कुल आम्दानी ७ अर्ब रुपैयाँबाट बढेर ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ६ अर्ब ६४ करोड ९ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ नाघेको छ ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीले आफ्ना अभिकर्ताहरूलाई दिएको कमिसन बापतको रकम पनि ४४ करोड १८ लाख रुपैयाँबाट बढेर ४९ करोड १६ लाख रुपैयाँ नाघेको छ भने जीवन बीमाकोषको आकार पनि ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँबाट बढेर ४६ अर्ब १७ करोड १० लाख रुपैयाँभन्दा माथि पुगेको छ । त्यस्तै समीक्षा अवधिमै कम्पनीको प्रतिसेयर आम्दानी ७.८३ रुपैयाँबाट बढेर ८.०६ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ । चालू आर्थिक वर्षको ६ महीनासम्म कम्पनीले बीमा पोलिसी नविकरण गरी ४ अर्ब २२ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ ।
चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा ४५ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो १.६५ प्रतिशत रहेको छ ।











समाचार
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर