
काठमाडौं । तल्लो मोदी खोला जलविद्युत आयोजना (२० मेगावाट) को प्रवद्र्धक कम्पनी मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् विकास विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.९००२९ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै हकप्रद सेयर निष्कासनका लागि नियामक निकायबाट स्वीकृति प्राप्त भएको जानकारी गराएको हो ।
विद्युत् विकास विभागले मिति २०८२ माघ २१ गते कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको पत्रमा उल्लेख छ । हाल मोदी इनर्जीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । स्वीकृत अनुपात (१ः०.९००२९) अनुसार कम्पनीले करिब २ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । विद्युत् विकास विभागबाट पूर्व स्वीकृति पाएसँगै अब कम्पनीले हकप्रद सेयर निष्कासनको अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ। धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्रै कम्पनीले सेयर निष्कासनको मिति र ‘बुक क्लोज’ तय गर्नेछ ।
पर्वत जिल्लामा तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको यस कम्पनीले आफ्नो ऋण भार कम गर्न वा अन्य वित्तीय व्यवस्थापनका लागि ठुलो परिमाणमा हकप्रद सेयरमार्फत पुँजी जुटाउन लागेको हो ।












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?