
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा वियजी सुरुवात गरेका छन् । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको हो ।
खेलमा आर्मीले आर्मीले पहिलो क्वाटरमा २९-१७, दोस्रो क्वाटरमा २४-२२, तेस्रो क्वाटरमा २८-२१ र चौथो क्वाटरमा २३-१९ को अग्रता बनाएको थियो । आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएल प्लेअर घोषित भए । पहिलो संस्करणमा सहभागि नभएको आर्मीले यस पटक भने उद्घाटन खेलमै जित हात पारेको हो । दोस्रो संस्कणरमा आर्मीले छनोट प्रतियोगिता खेलेको थियो र त्यसको उपाधि जित्दै एचजेएनबीएलमा छनोट भएको थियो ।
यस्तै मंगलबार भएको दोस्रो खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२-७५ पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो । टाइम्सले पहिलो क्वाटरमा २५-१८ को अग्रता बनाउँदै राम्रो सुरुवात गरेको थियो । तर गोल्डेनगेटले दोस्रो क्वाटर २५-१९ र तेस्रो क्वाटर ३०-१० ले आफ्नो पक्षमा पार्दै ७३-५४ को अग्रता बनायो । चौथो क्वाटर टाइम्सले २१-१९ ले आफ्नो पक्षमा पारेपनि जित हासिल गर्न पर्याप्त भएन ।
खेलमा गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको एक कार्यक्रमबीच उद्घाटन गरे ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम