लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले प्रविधिको प्रयोगमार्फत् कृषि उत्पादनमा लागतखर्च घटाएर उत्पादन र आम्दानी बढाउन सकिने बताएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा आज जानकी गाउँपालिका– ४ मुनुवामा आधुनिक मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री परियारले प्रविधिको प्रयोगले कृषि उत्पादनमा लागत खर्च पनि कम हुने र बजारीकरणमा पनि सहज हुने बताए।

“अहिले पनि कृषि परम्परागत रूपमै चलिरहँदा यसबाट लागत खर्च बढेको छ”, उनले भने, “प्रविधिको प्रयोग बढाउन सकेमा लागत खर्च कम भई उत्पादन वृद्धि गर्न सकिन्छ ।” परियोजनाले धान रोप्ने मेसिन बिज वृद्धि किसान सहकारी संस्थालाई उपलब्ध गराएको छ । पछिल्ला वर्षमा कैलालीको जोशीपुर, भजनी, जानकी लगायतका क्षेत्रमा चैते धानखेती गरिने क्षेत्रफल विस्तार हुँदै गएको छ । बर्खेयाममा हुने डुवानको समस्याले डुवानको समस्या नदेखिने चैत, वैशाख र जेठ महिनामा चेतै धानखेती गर्न थालिएको स्थानीय किसानको भनाइ छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार