
काठमाडौं । यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ । गत साता २७१२.४९ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.९८ प्रतिशत अर्थात १०७.९५ अंक बढेर २८२०.४४ विन्दुमा बन्द भएको हो ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स २०.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.८१ अंक बढेको छ । नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १२ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १०९.५२ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १३१.८४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ९५.३२ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ८१ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ । गत साता १४०४.१८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८०.३९ अंक बढेर १४८४.५७ विन्दुमा पुगेको छ । यस साता अन्य उपसमूहको परिसूचक सबैभन्दा कम १.३९ प्रतिशत बढेको छ ।
अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता १३ हजार ५०.१२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४५८.२४ अंक बढेर १३ हजार ५०८.३६ विन्दुमा पुगेको छ । यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.५१ अंक बढेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि