
काठमाडौं । हिमालयन बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरिएको छ।बैंकले उपलब्ध गराएको जानकारी अनुसार संस्थापक समूहको ८ लाख ३८ हजार १४९ दशमलव ६३ कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयरमा प्रारम्भिक चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसका लागि बैंकले इच्छुक संस्थापक सेयरधनीलाई ३५ दिनको समय प्रदान गरेको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानुन विभागमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ। बैंकका अनुसार निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ।
फेसबुक प्रतिक्रिया













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण