
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो।
संस्थाले वरिष्ठ प्रबन्धक/प्रबन्धक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ। यो पद व्यवस्थापकीय श्रेणीअन्तर्गत केन्द्रीय कार्यालयका लागि खुलाइएको हो। यस पदका लागि मान्यता प्राप्त संस्थाबाट सीए/एसीसीए तह उत्तीर्ण गरी सम्बन्धित प्रमाणपत्र प्राप्त गरेको हुनु पर्नेछ। साथै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको अधिकृत तहमा कम्तीमा १ वर्ष र कुनै संगठित संस्थामा कम्तीमा ३ वर्षको कार्यानुभव आवश्यक हुनेछ। एनआरबी डाइरेक्टिभ्स, एसआईएस/ईसीएल/एनएफआरएस रिपोर्टिङ, कर कानून तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबारे राम्रो ज्ञान भएको उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
त्यसैगरी सुपरिवेक्षक/वरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक पदमा पनि केही संख्यामा कर्मचारी माग गरेको छ। सूचना प्रविधि विभाग तथा केन्द्रीय कार्यालयका लागि खुलाइएको यो पद सहायक श्रेणीअन्तर्गत पर्छ। यसका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै बैंक तथा वित्तीय संस्था वा अन्य संगठित संस्थामा कम्तीमा १ वर्षको कार्यानुभव भएको हुनु पर्ने उल्लेख गरिएको छ।
उमेर हदमा वरिष्ठ प्रबन्धक/प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ। सुपरिवेक्षकदेखि कनिष्ठ सहायकसम्मका पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप रहनेछ। इच्छुक उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्र, हालसालै खिचेको फोटो र बायोडाटा सहित आवेदन दिनुपर्नेछ। आवेदन चैत २२ गतेभित्र संस्थाको केन्द्रीय कार्यालयमा वा इमेल ठेगानामा पठाउन सकिनेछ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज