
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम १० अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बाहिरिएको हो ।
उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४२ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममाजीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको चैत मसान्तसम्ममा ८० हजार १८७ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको सोहि अवधिमा भने ६८ हजार ८५५ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १४.१३ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने २.९७ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ रहेको छ ।
यता व्यतित बीमालेखको संख्या भने १.६७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १२ लाख २५ हजार ४५४ वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ४६ हजार ३०१ रहेको थियो । जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि