
काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य चेन्नईले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
योसँगै चेन्नईले जारी सिजन मुम्बईमाथि दोस्रो पटक जित निकाल्दै महत्वपूर्ण अंक जोड्यो । मुम्बई प्लेअफ दौडबाट बाहिरिने अवस्थाको नजिक पुगेको छ। पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनायो। मुम्बईका लागि नमन धिरले ५७ रन र रायन रिकेल्टनले ३७ रन बनाए । चेन्नईका बलरमध्ये अन्शुल कम्बोजले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। नूर अहमदले २ विकेट लिएर मुम्बईको मध्यक्रमलाई दबाबमा राखे ।
जवाफी ब्याटिङमा चेन्नईका कप्तान रुतुराज गायकवाड र कार्तिक शर्माले उत्कृष्ट प्रदर्शन गरे। गायकवाडले अविजित ६७ रन बनाए । कार्तिक शर्माले अविजित ५४ रन जोडे। यी दुवैले अर्धशतक बनाउँदै टोलीलाई सहज जित दिलाए। चेपकको सुस्त पिचमा चेन्नईका बलरहरूले सुरुवातदेखि नै राम्रो लाइन–लम्बाइमा बलिङ गर्दै मुम्बईका ब्याटरलाई खुल्न दिएनन्। त्यसपछि गायकवाड र कार्तिकको साझेदारीले लक्ष्य पछ्याउन कुनै कठिनाइ भएन।
यो जितसँगै चेन्नईले ९ खेलबाट चौथो जित निकाल्दै अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि