
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन् २०१८ को विजेता तथा साविक उपविजेता प्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ । चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो ।
त्यही खेलको रिम्याचको रुपमा यस पटक फ्रान्स र मोरक्को क्वाटरफाइनलमै भेट हुँदा अफ्रिकी टिम मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो । पहिलो हाफमा एमबाप्पे सहित फ्रान्सलाई रोक्न सफल भएपनि दोस्रो हाफमा भने मोरक्कोले दुई गोल बेहव¥यो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।












समाचार
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
चार वटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर