
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफललाई निरन्तरता दिइने भएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा व्यक्त गरेका थिए ।
बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिसम्बन्धी विषयमा पनि छलफल भएको कांग्रेसले जनाएको छ ।
छलफलको क्रम जारी रहेकाले बैठक आज पनि बस्न लागेको हो। आइतबारको बैठकमा महामन्त्री प्रदीप पौडेलले एजेन्डा पेस गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना