
काठमाडौं । दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ । इकाइबाट प्राप्त तथ्यांकअनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार ९०७ मेट्रिकटन आयात भएको कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।
उक्त अवधिमा २६६ मेट्रिकटन तरकारी निर्यात हुँदा एक हजार ५९६ मेट्रिकटन तरकारी आयात भएको छ । एक सय ९८ मेट्रिकटन फलफूल निर्यात हुँदा ७३८ मेट्रिकटन फलफूल आयात भएको छ । खाद्यान्नबालीतर्फ ७८ मेट्रिकटन निर्यात हुँदा ५७३ मेट्रिकटन आयात भएको छ । तनहुँ, गोरखा, कास्की, लमजुङले निर्यात गर्दा चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुरले आयात गर्ने गरेका छन् ।
कार्यालयको तथ्यांकअनुसार तनहुँ हुँदै कृषिउपज मुख्य रूपमा गोरखा, कास्की र लमजुङ जिल्लामा निर्यात हुने गरेका छन् । विशेषगरी मौसमी तरकारी, फलफूल तथा स्थानीय उत्पादनको माग ती जिल्लामा रहेकाले निर्यात हुने गरेको अधिकारीको भनाइ छ ।
तनहुँ जिल्ला हुँदै चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुर जिल्लाबाट आयात हुने गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्याप्त उत्पादन नहुने मौसममा तरकारी तथा फलफूल बाहिरी जिल्लाबाट भित्रिने गरेको अधिकारीले बताए।
अधिकारीका अनुसार तनहुँमा व्यावसायिक तरकारीखेती, सुन्तलाजात फलफूल, धान, मकै तथा अन्य खाद्यान्न उत्पादनमा कृषकको आकर्षण बढ्दै गएको छ । सिँचाइ, कृषि सडक, प्रविधि र बजार व्यवस्थापनमा थप सुधार गर्नसके जिल्लाको उत्पादन क्षमता अझ वृद्धि हुने सम्भावना रहेको उनको भनाइ छ ।
कृषि विकास कार्यालयले उत्पादन वृद्धि, व्यवसायीकरण तथा बजार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कृषकलाई अनुदान, प्राविधिक सेवा तथा आधुनिक खेती प्रविधि उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नसके आगामी दिनमा आयात प्रतिस्थापनसँगै निर्यात वृद्धि गर्न सकिने विज्ञहरूको भनाइ छ।












समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए
मन्त्री श्रेष्ठका सल्लाहकारमा चार विज्ञ नियुक्त