साताको सेयर : स्थिर जस्तै पुँजी बजार, हप्तामा ६ अंकले घट्दा कतिको भयो कारोबार ?

काठमाडौं । यो साता सेयर बजार स्थिर जस्तै देखिएको छ । पाँच कारोबार दिनका लागि खुलेको हप्ता दिनमा ६ अंकले घटेको हो । गत साता २६५०.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२४ प्रतिशत अर्थात ६.२६ अंक घटेर २६४३.८३ विन्दुमा बन्द भएको हो ।

यो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने तीन कारोबार दिन सकारात्मक भएर बन्द भएको थियो । यस साता फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकममा पनि केही कमी आएको छ । गत साता दैनिक औषतमा ४ अर्ब २९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ८६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९४ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ७.८९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ७.८९ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ४७ अर्ब रुपैयाँमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस साता होटल तथा प्रशोधन उपसमूहको परिसूचक ०.६८ प्रतिशत बढेको छ। गत साता ७२८९.४३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४९.५२ अंक बढेर ७३३८.९५ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता लघुवित्त र अन्य उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.३७ प्रतिशत घटेको छ। गत साता ३३८७.९० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १४८.०४ अंक घटेर ३२३९.८६ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो ।

फेसबुक प्रतिक्रिया