
काठमाडौं । सरकारले शनिबार दिनभरिमा काठमाडौंका ५ बिक्री केन्द्रबाट कुल ६ हजार ८ सय २ वटा खाना पकाउने ग्यास सिलिन्डर ग्यास बेचेको छ । एक महिनादेखि ग्यास नपाएका उपभोक्तालाई राहत दिने भन्दै नेपाल आयल निगमले आजदेखि काठमाडौंका ५ स्थानमा काठमाडौं जिल्ला प्रसाशन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो ।
ग्यास नपाएका उपभोक्ता ठूलो संख्यामा बिहान ८ बजेदेखि नै यी बिक्री केन्द्रमा लाइन लागेका थिए । आयल निगमको तथ्यांकअनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २ सय ९० वटा ग्यास वितरण भएको छ । यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६ सय, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७ सय ६२, यातायात कार्यालय परिसर चाबहिलबाट ७ सय २० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६ सय वटा सिलिन्डर बिक्री भएको छ ।
यी ५ केन्द्रबाट मात्रै ५ हजार ९ सय ७२ सिलिन्डर बिक्री हुँदा बालाजु काउन्टरबाट ५ सय र साल्ट ट्रेडिङको जडिबुटी तथा कालीमाटी काउन्टरबाट ३ सय ३० गरी कुल ६ हजार ८ सय २ सिलिन्डर ग्यास उपभोक्ताको हातमा पुगेको छ । कुन ब्रान्डको ग्यास कति बेचियो भन्ने तथ्यांकलाई हेर्दा ५ मुख्य केन्द्रबाट सबैभन्दा धेरै नेपाल ग्याँस १ हजार ७ सय ६० वटा बिक्री भएको छ ।
त्यसैगरी एभरेष्ट/सुगम १ हजार ४३ वटा, एचपी ७ सय ८० वटा, हिमाल ५ सय ४० वटा, सगर ४ सय ६४ वटा र श्रीराम ब्रान्डका ३ सय २७ वटा ग्याँस बिक्री भएका छन् । त्यस्तै, एसटीसी ३ सय २०, श्री २ सय ८०, ओम १ सय ४०, भानु ८०, साईबाबा/श्रीकृष्ण ७०, श्रीमाया ६२, लोकप्रिय ५३ र सूर्य ब्रान्डका ५३ वटा सिलिन्डर वितरण गरिएका छन् । सरकारले करिब ७ हजार सिलिन्डर ग्यास बेचेको तथ्यांक प्रस्तुत गरिरहँदा धेरै उपभोक्ताले भने ग्यास नपाएर रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् ।













समाचार
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल