
काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको बैंक एक वर्षमै नाफामा फर्किएको हो ।
बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमी नै नाफामा फर्किनुको प्रमुख कारण बनेको छ । अघिल्लो वर्ष ९ अर्ब ७१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत आर्थिक वर्ष २ अर्ब ९१ करोड ७६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।
यद्यपि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १० अर्ब १३ करोड ५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा झरेको छ। तर, इम्पेयरमेन्ट चार्जमा आएको ठूलो कमीका कारण ब्याज आम्दानी घट्दा पनि बैंकले नाफा कमाउन सफल भएको हो ।
यसैबीच, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने वृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब २१ करोड ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा गत वर्ष ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ सकारात्मक बनेको छ ।
यद्यपि बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक अवस्थामै रहेको छ। समीक्षा अवधिसम्म वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा रहेको छ । यद्यपि निष्क्रिय कर्जा (एनपीएल) भने अघिल्लो वर्षको ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ ।












समाचार
भदौका लागि पनि घट्यो वाणिज्य बैंकहरूको औषत ब्याजदर, कुन बैंकको कति ?
शिखर इन्स्योरेन्सको नाफा १३ कोड बढी, बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?
सन नेपाल लाइफको नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७ प्रतिशतले वृद्धि
लक्ष्मीले कमायाे ३ अर्ब माथि नाफा, इपीएस कति ?
वित्तीय सूचकमा सुधार गर्दै नेपाल बैंक, ४ अर्ब ५० करोड खुद नाफा
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज