
काठमाडौं । बछ्यौलीका महिलाले सामूहिक दुध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्। स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायबाट दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो।
रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दुधको विविधिकरण डेरी पसल सञ्चालन गरेका छन्। स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिइन्।
पसलमा दुध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफीलगायतका परिकार बिक्रीका लागि राखिएको छ। हाल मही, दुध, दही, घिउ, पनिर र खुवालगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेको छ ।
“मैले चार–पाँच वर्षदेखि डेरी सञ्चालन गर्दै आएकी थिएँ । त्यसबाट राम्रो आम्दानी भयो । त्यसपछि यहाँका अन्य महिला दिदीबहिनीलाई रोजगारी र उद्यममा जोड्ने उद्देश्यले सामूहिक पसल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष पाैडेलले भनिन्।
उद्योग स्थापनाका लागि प्रदेश सरकारबाट रु १० लाख अनुदान प्राप्त भएको छ । बाँकी रकम ५० जना सेयर सदस्यबाट प्रतिव्यक्ति रु २५ हजारका दरले रु १२ लाख ५० हजार सङ्कलन गरी लगानी जुटाइ उद्योग सञ्चालन गरिएको हो।
हाल दैनिक करिब २०० लिटर दुध सङ्कलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री हुँदै आएको छ । मागअनुसार उत्पादन क्षमता विस्तार गर्ने योजना रहेको उनले बताइन्।
समूहमा आबद्ध केही महिलाले आफ्नै घरमा पशुपालन गर्दै आएका छन्। उनीहरूबाट दुध सङ्कलन गरी उद्योगमा प्रयोग भइरहेको र आगामी दिनमा थप महिलालाई पशुपालनमा प्रोत्साहित गर्दै समूहकै सदस्यबाट आवश्यक दुध आपूर्ति गर्ने योजना छ।
सौराहा पर्यटकीय क्षेत्र हो । यहाँ बजारको अभाव छैन । स्थानीय महिलालाई रोजगारी दिने र स्थानीय उत्पादन पर्यटकलाई चखाउने मुख्य उद्देश्यले डेरी उद्योग सञ्चालन गरिएको बताइन्छ।












समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित