
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको नाफामा उच्च गिरावट देखिएको छ । कमपनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा भारी गिरावट देखिएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७८ प्रतिशतले कम हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ४१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको मुख्य आम्दानीको स्रोत मानिने विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि गिरावट देखिएको छ । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ५ करोड ७८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको आयमा आएको गिरावटले प्रत्यक्ष रूपमा कम्पनीको नाफालाई असर गरेको देखिन्छ । यता कम्पनीको सञ्चालन मुनाफा ३ करोड ६२ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ४ करोड ३४ रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३९ पैसा रहेको थियो । गत वर्षको असार मसान्तसम्मको अवधिमा प्रतिसेयर आम्दानी १ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ८४ पैसा रहेको छ । हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस हाइड्रोपावरको जगेडा कोष अझै ऋणात्मक अवस्थामै छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै