
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र सुधारका लागि नयाँ वित्तीय उपकरणका सम्बन्धमा विभिन्न विश्वविद्यालयका वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद (Policy Dialogue) कार्यक्रम सम्पन्न गरेको छ।
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे धितोपत्र बोर्ड र प्राज्ञिक व्यक्तित्वबीच नीति संवाद ललितपुर, ५ भदौ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र सुधारका लागि नयाँ वित्तीय उपकरणका सम्बन्धमा विभिन्न विश्वविद्यालयका वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद (Policy Dialogue) कार्यक्रम सम्पन्न गरेको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा ललितपुरस्थित बोर्डको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। धितोपत्र बजारमा नयाँ उपकरणहरूको प्रवेशका लागि बोर्डले तयार पारेका विभिन्न ‘कन्सल्टेसन पेपर’ तथा ‘पोलिसी पेपर’ सार्वजनिक गरिसकेको सन्दर्भमा सो उपर विषय विज्ञहरूको अवधारणा र सुझाव संकलन गर्न यो संवाद आयोजना गरिएको थियो।
छलफलमा विशेषतः बोर्डले हालै अघि सारेका मार्जिन ल्यान्डिङ (Margin Lending), अन्तरदिवसीय कारोबार (Intraday Trading), धितोपत्र उधारो तथा सापटी (Securities Lending and Borrowing – SLB) र शर्ट सेलिङ (Short Selling) सम्बन्धी अवधारणाका साथै समग्र पुँजी बजारको विकासका विविध पक्षमा विस्तृत विमर्श भएको थियो। कार्यक्रममा सहभागी विज्ञहरूले बोर्डले पुँजी बजारको विकासका लागि रुपान्तरणकारी कार्यक्रमहरू अघि सारेको भन्दै खुसी व्यक्त गरे। उनीहरूले नयाँ उपकरणहरू अधिक प्राविधिक प्रकृतिका भएकाले यसलाई वित्तीय नवप्रवर्तन (Financial Innovation) का रूपमा विकास गर्न र यस्ता उपकरणमा हुन सक्ने जोखिमका बारेमा लगानीकर्तालाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए। नीति सार्वजनिक गर्नुअगाडि प्राज्ञिक क्षेत्रसँग सुरु गरिएको यस प्रकारको संवादले सिद्धान्त र व्यवहारबीच सामञ्जस्यता कायम भई कार्यान्वयनमा सहजता आउने धारणा वक्ताहरूले राखेका थिए।
बोर्डले प्राज्ञिक क्षेत्रका विज्ञहरूसँगको सहकार्यलाई निरन्तरता दिने र उनीहरूको सुझावलाई समेटेर दीर्घकालीन नीति तय गर्दा बजारको प्रभावकारिता अझ बढ्ने विश्वास लिएको छ।












समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?