
काठमाडौं । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो ।
रियलको जितमा किलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे । इन्टरका लागि कार्लोस अगुस्टोले एक गोल फर्काए । खेलको १४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए। इन्टरको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै एमबाप्पेले गोल गरेका थिए ।
त्यसपछि २३ औँ मिनेटमा भाल्भेर्देले रियलको अग्रता दोब्बर बनाए । इन्टरका गोलरक्षक जोसेप मार्टिनेजले बल नियन्त्रण गर्ने क्रममा गरेको गल्तीको फाइदा उठाउँदै भाल्भेर्देले गोल गरे । पहिलो हाफ सकिँदा रियल २–० ले अघि रह्यो ।
दोस्रो हाफमा इन्टरले खेलमा फर्किने प्रयास गर्यो । ७७औँ मिनेटमा अगुस्टोले गोल गर्दै अन्तर २–१ मा झारे । त्यसपछि इन्टरले बराबरी गोलका लागि दबाब बढाए पनि रियलले अग्रता जोगाउँदै ३ अंक हात पार्यो ।












समाचार
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब