
रामेछाप । चोरी सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा चोरीको सुन खरिद गर्ने थप दुई जना सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन्। प्रतिवादी मैया कार्कीले बयानका क्रममा आफूले चोरी गरेको सुनका गहना उनीहरूले सञ्चालन गरेको पसलमा बिक्री गरेको खुलासा गरेकी हुन्।
अस्मिता श्रेष्ठ माझीको तर्फबाट जाहेरी परेपछि प्रहरीले शुक्रबार रामेछापको मन्थली नगरपालिका(१ कटहरबोटबाट ती व्यवसायीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा मन्थली नगरपालिका(१ स्थित दीप लक्ष्मी सुन चाँदी पसलका ३३ वर्षीय सञ्चालक डिल बहादुर रसाईली र सोही ठाउँको सुविना सुन चाँदी पसलकी २८ वर्षीया सञ्चालक कनिषा विश्वकर्मा रहेका छन्।
प्रहरीले डिल बहादुरको पसलबाट पिडितको कानबाट झिकिएको ४२ लाल २ प्वाइन्ट तौल भएको सुनको रिङ दुई थान बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्।












समाचार
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता