
दार्जिलिङ । भारतको दार्जिलिङ, सोनादा र लाभामा आयोजित ग्लोबल शेर्पा मिट २०२६ विविध सांस्कृतिक कार्यक्रम तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिबीच भव्यताका साथ सम्पन्न भएको छ । सम्मेलनको अन्तिम दिन शनिबार कालिम्पोङमा समापन समारोह आयोजना गरिएको थियो ।
समापन समारोहमा कालेबुङका विधायक भरत क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी थिए भने सिक्किमबाट आएका रिन्पोछे दावा नोर्बु विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा नेपालसहित विभिन्न देश तथा क्षेत्रबाट आएका शेर्पा समुदायका प्रतिनिधि, सामाजिक अगुवा तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तीनदिने सम्मेलनले शेर्पा समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा जोड दिएको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने शेर्पाहरूबीच आपसी एकता, भाइचारा र सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत महत्त्वपूर्ण सन्देश दिएको छ ।
सम्मेलनका क्रममा आयोजित सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा गीतसंगीतले शेर्पा समुदायको समृद्ध सांस्कृतिक विरासतलाई उजागर गरेका थिए । कार्यक्रमले विभिन्न देशमा रहेका शेर्पा समुदायका सदस्यहरूबीच सम्बन्ध विस्तार तथा सांस्कृतिक आदानप्रदानका लागि साझा मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।
‘एक समुदाय, एक दृष्टिकोण’ भन्ने मूल भावनासहित आयोजित ग्लोबल शेर्पा मिट २०२६ को समापनले विश्वभरका शेर्पाहरूलाई साझा पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणका लागि एकजुट हुन प्रेरित गरेको छ ।

विश्व शेर्पा संघको अध्यक्ष पोर्चुगोलबाट
पोर्चुगलका सोम फुरी शेर्पा विश्व शेर्पा संघको नयाँ अध्यक्षमा चयन भएका छन् । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, सोनादा र लाभामा आयोजित तेस्रो विश्व शेर्पा सम्मेलनका क्रममा उनलाई संघको नयाँ नेतृत्वको जिम्मेवारी दिइएको हो ।
विश्वका विभिन्न देशमा बसोबास गर्ने शेर्पा समुदायबीच एकता, भाइचारा र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले स्थापित संघको नेतृत्व युरोपबाट आएको छ । यसअघि नेपाल र भारतबाट संघको नेतृत्व भइसकेको थियो ।
२५ देशका शेर्पा प्रतिनिधिहरू सहभागी सम्मेलनमा शेर्पा भाषा, संस्कृति, धर्म, परम्परा र मौलिक पहिचानको संरक्षणका विषयमा छलफल भएको थियो । नयाँ अध्यक्ष सोम फुरी शेर्पाको नेतृत्वमा विश्वभरका शेर्पा समुदायलाई एकीकृत गर्दै भाषा, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवद्र्धनका अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।












समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद