
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम आइतबार राति सार्वजनिक भएको छ । प्राप्त अन्तिम मत परिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र बिनोद कुमार चौधरी तथा महामन्त्री पदमा प्रदिप पौडेल, उदय शम्शेर राणा र डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित भएका छन् ।
उपसभापति खुल्लातर्फ डा. चन्द्रकान्त भण्डारीले सर्वाधिक ३,७३५ मत र ई. मधु आचार्यले २,३४२ मत प्राप्त गरी जित हासिल गरेका छन् । यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १,७५२, सुरेन्द्रराज पाण्डेले १,६७३, धनराज गुरुङले १,५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरे ।
त्यस्तै, उपसभापति समावेशी (एक पद) तर्फ बिनोद कुमार चौधरी १,७४५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १,६५८, फरमुल्लाह मंसुरले १,१४४, सीता गुरुङले १,११२ र रंजीत कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
महामन्त्री खुल्लातर्फ प्रदिप पौडेलले सर्वाधिक ४,१९४ मत र उदय शम्शेर राणाले २,३३० मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । यस स्पर्धामा डा. सुनिलकुमार शर्माले २,२५७, गुरुराज घिमिरेले १,५१३, नैन सिंह महरले १,१३४, अमरसिंह पुन मगरले १,१२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाए ।
यसैगरी, महामन्त्री महिला (एक पद) तर्फ डा. डिला सङ्ग्रौला (पन्त) ३,११८ मतका साथ निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २,८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् ।











समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
दोहोरो वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?