अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वका बेला अनलाइन ठगीबाट सतर्क रहन एड्भाइजरी जारी गरेको छ । बैंकले एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले बैंकिङ कारोबार विश्लेषणका क्रममा अनलाइन ठगीका घटनाहरुमा वृद्घि भएको पाएको छ । नेपालीहरुको महान चाड दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता उत्सवहरुको समयमा अनलाइन अकाउन्ट सिर्जना, डिजिटल बैंकिङ, ई–कमर्स र डिजिटल भुक्तानीको प्रयोग व्यापक रुपमा बढ्ने हुँदा यसै मौकाको फाइदा उठाई आपराधिक मानसिकता भएका व्यक्ति तथा समूहहरुले सर्वसाधारण र वित्तीय प्रणालीलाई लक्षित गरी विभिन्न प्रकारका डिजिटल तथा वित्तीय ठगी गर्ने जोखिम उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यो एड्भाइजरीको मुख्य उद्देश्य आमउपभोक्ता, बैंक तथा वित्तीय संस्था र अनलाइन सेवा प्रदायकहरुलाई सम्भावित जोखिमहरु पहिचान गर्न र त्यस्ता ठगीबाट बच्नका लागि मार्गदर्शन प्रदान गर्नु रहेको राष्ट्र बैंकको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट