
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने संगठित अपराधमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई कैद छुट दिइएको हो । उमेरका आधारमा कैद छुट माग्दै उनले अदालतमा निवेदन दिएका थिए । अदालतले कानुनी व्यवस्थाअनुसार सुविधा प्रदान गरेपछि उनको रिहाइ भएको कारागार प्रशासनले जनाएको छ ।
तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए । जिल्ला अदालतले उनलाई विभिन्न कसुरमा कैद र जरिवानाको सजाय सुनाएको थियो ।
सांसद रहेकै बेला पक्राउ परेका रायमाझी जेलबाट बाहिरिएपछि सातदोबाटोस्थित निवास पुगेका छन् । उनलाई परिवार र आफन्तले टीकामाला लगाएर स्वागत गरेका छन् । स्वागतको दृश्य हेर्दा कुनै ठूलो युद्ध जितेर फर्किएको विजेतालाई अभिनन्दन गरेझैँ देखिएको छ ।
नेपाली नागरिकको भविष्य र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको गम्भीर अपराधमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्रीको कानुनी सुविधामार्फत भएको रिहाइसँगै उनको आगामी राजनीतिक तथा सार्वजनिक भूमिकाबारे चासो बढेको छ ।











समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम