यतिबेला कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी शेर्पा पोसाक उल्टो लगाएकोमा ट्रोलको शिकार बनेकी छन् । जलवायु परिवर्तनसम्बन्धि टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ को पहिलो सत्रमा मन्त्री चौधरी शेर्पा पोसाकमा प्रस्तुत भएकी थिइन् । हिमाली क्षेत्र र त्यहाँका समुदायको समस्या अन्तराष्ट्रिय मञ्चमा सुनाउँदा त्यहीको मौलिक पोसाक लगाउँदा आफ्नो कुरा अझ सशक्त हुने विश्वासका साथ मन्त्री चौधरी हिमाली क्षेत्रका महिलाले लगाउने पोसाकमा प्रस्तुत भएकी थिइन् । तर भइदियो के भने परम्परागत बख्खु लगाउने क्रममा मन्त्री चौधरीले त्रुटि गरिन् । बख्खुको पछाडिको भाग अगाडि र अगाडिको भाग पछाडि भयो ।
त्यसपछि के चाहियो र सामाजिक सञ्जाल केही दिन यहि विषयमा तरंगित बन्यो । मन्त्री चौधरीले शेर्पा समुदायसँग सल्लाह नगरी आफुखुशी पहिरहन लगाउँदा शेर्पा समुदायको पहिचानमाथि अपमान भएको भन्दै उनलाई विवादमा ल्याउने काम भयो । कतिपयले मन्त्री चौधरीलाई हिमाली मुद्दा उठाएको होइन हिमाली जातिलाई जिस्क्याउने काम गरेको भन्दै आक्रोश समेत पोखे । तर मन्त्री चौधरीले बख्खु पहिलोपटक लगाएको र मुजा पछाडिको अगाडि परेको विषयमा आफुले ठम्याउन नसकेको बताएकी छन् ।
शेर्पा समुदायका अगुवा के भन्छन् ?
मन्त्रीलाई विवादमा तान्ने कामलाई शेर्पा समुदायका अगुवाहरुले खासै ठीक मानेका छैनन् । पोसाक लगाउँदा भएको सामान्य त्रुटिलाई लिएर नकरात्मक टिप्पणी आउनु उचित नभएको उनीहरुको भनाइ छ । मन्त्री चौधरीले बख्खु लगाएको विषयलाई आलोचनाभन्दा सकरात्मक पहलको रुपममा सम्मान गर्नु पर्ने नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पा बताउँछन् । मन्त्री चौधरीले हिमाली शेर्पा समुदायको सांस्कृतिक पहिचान बोकेको परम्परागत पोसाक आङ्गी अर्थात बख्खु लगाएर जलवायु परिवर्तनको गम्भिर मुद्दाप्रति ध्यानाकर्षण गराउन गरेको प्रयास प्रशंसनीय रहेको भन्दै शेर्पाले धन्यवाद समेत दिएका छन् । मन्त्रीले बख्खु लगाउँदा केही प्राविधिक त्रुटि भएको र यसमा सम्बन्धित समुदायले आवश्यक सुझाव दिई सचेत गराउँदै आगामी दिनमा अझ मर्यादित र मौलिक ढंगले प्रस्तुत हुन सहयोग गर्नु पर्ने शेर्पाको भनाइ छ । हिमाली मुद्दालाई नै ओझेलमा पार्नेगरी पोसाकमा केन्द्रीत हुनुलाई उनले दुःखद पक्ष भनेका छन् ।
त्यसैगरी पर्यटन व्यवसायी तथा शेर्पा अगुवा महिला ल्हाक्पा फुटी शेर्पाले पनि यो विषयमा आफ्नो प्रतिक्रिया दिएकी छन् । पोसाकमा भएको त्रुटि मन्त्री चौधरीले नियतवश नगरेको हुन सक्ने ल्हाक्पा बताउँछिन् । तर पनि शेर्पा पोसाकलाई अन्तराष्ट्रियस्तरमा पुर्याउने काम मन्त्री चौधरीाबाट उनको उनको भनाइ छ । मन्त्री चौधरीले जीवनमै पहिलोपटक शेर्पा पोसाक लगाएकोले पनि यस्तो भएको हुन सक्ने शेर्पा बताउँछिन् । मन्त्रीको टोलीमा यो सम्बन्धि जानकार नभएकोले पनि त्रुटि भएको र पछि यो गल्तीलाई स्वीकार गरिसकेको हुनाले यसलाई धेरै विवादको विषय बनाइ राख्नु नपर्ने उनी बताउँछिन् ।
बख्खु लगाउँदा भएको प्राविधिक गल्तिलाई सामान्यरुपमै लिनु पर्ने सञ्चारकर्मी ल्हाक्पा शेर्पा बताउँछन् । मन्त्रीले हिमाली मुद्दा विश्व मञ्चमा उठाउँदा त्यहीका रैथानेको पोसाक छनोट गर्नु राम्रो विषय भएको सञ्चारकर्मी शेर्पाको भनाइ छ । यद्यपी पोसाक लगाउनु अघि एकपटक सम्बन्धित समुदायकै व्यक्तिसँग सामान्य जानकारी मात्रै लिएको भएपनि यो त्रुटि नहुने उनको भनाइ छ । जलवायु परिवर्तनको असर तराई क्षेत्र पनि प्रभावित रहेको र मन्त्रीले चाहेको भए थारु पोसाकै पनि कोप–३१ मा सहभागिता जनाउन सक्ने उल्लेख गर्दै विश्वमञ्चमा शेर्पा पोसाक लगाएर उपस्थित हुनुले शेर्पा समुदायप्रतिको सम्मान पनि देखिएको र राम्रो सन्देश समेत गएको शेर्पाको भनाइ छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम