अर्थशास्त्री बज्राचार्य कुलमानको पार्टीमा

वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध भएका छन् । शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा विकासका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टीले महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा समेटेको हो ।

पार्टी सभापति कुलमान घिसिङले उनलाई खादा ओढाएर स्वागत गरेका छन् । बज्राचार्यको आबद्धताले पार्टीको नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानमा योगदान पुग्ने पार्टीले विश्वास व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट