
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार परिसूचक १२७ दशमलव ३२ अंकले बढेको हो ।
पछिल्लो समय निरन्तर घटीरहेको बजारमा आज उच्च अंकको वृद्धि भएर २८२३ दशमलव २५ विन्दुमा पुगेको छ । आज एकै दिन सेयर बजारमा ४.७२ प्रतिशतले वृद्धि भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको मात्रै घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिन साढे १० अर्बको कारोबार भएको बजारमा सोमबार १३ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३३५ कम्पनीका ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १ लाख ६० हजार ५७९ पटक खरिद बिक्री हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि २२ दशमलव ९४ अंक बढेर ५०३ दशमलव ८३ विन्दुमा पुगेको छ । त्यस्तै फ्लोट इण्डेक्स ९ दशमलव ०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८ दशमलव १८ अंकले बढेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन