
काठमाडौं । गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानलाई पराजित गरेको छ । सोमबार बिहान भएको खेलमा नेपाल ३७ रनले विजयी भएको हो। जारी सिरिजमा नेपालको यो पहिल जित हो। पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो।
गुल्सनले १७ बलमा समान तीन चौका र छक्का प्रहार गर्नुका साथै दुई विकेट लिए। नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो। ओमानका सोएब खानले सर्वाधिक ४५ रन बनाउँदा राफिउल्लाहले ३३ रनको योगदान दिए। नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए।
कुशल भुर्तेल र गुल्सनकुमार झाले मान दुई विकेट लिँदा रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। त्यसअघि किङ सिटीमा ओमानका कप्तान अकीब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो। गुल्सनले सर्वाधिक ४० रन बनाए। अविजित रहेका उनले १७ बलमा समान तीन चौका र छक्का प्रहार गरे । दीपेन्द्रले भने पाँच बलमै १८ रन बनाए। यसक्रममा उनले एक चौका र दुई छक्का प्रहार गरे। उनी पनि अविजित रहे। ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन जोडे ।
कुशल मल्लले ३०, कुशल भुर्तेलले २० रननको योगदान दिँदा कप्तान रोहितकुमार पौडेल र देव खनालले समान दुई रन बनाए । ओमानका कप्तान इलियासले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। सकिल अहमेद, फैय्यज बट र जिशान मक्सूदको नाममा समान एक विकेट रह्यो।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय