
काठमाडौं । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ । नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४२८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । शर्माले विष्टलाई एक हजार बढि मतको अन्तरमा पराजित गरेकी हुन् । अध्यक्षका अर्का उम्मेदवार देवी प्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाएका थिए ।
बरिष्ठ उपाध्यक्षमा दीपक उपाध्याय विजयी हुँदा उपाध्यक्ष महिलामा निनु पण्डित उपाध्यक्ष समावेशीमा उमिद प्रसाद बागचन विजयी भए । आचार्यले ४,२३०, पण्डितले ४,७०५ र बागचनले ४,२९२ मत पाएका छन् । त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासङ्घको महासचिवमा निर्वाचित भएका हुन् । विजयी भएका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत गरेका थिए । यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरे ।
खुल्ला सचिवमा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा,सचिव आदिवासी जनजातिमा सविन प्रियासन, सचिव मधेसीमा अशोक कुमार तिवारी, सचिव दलितमा प्रकाश धौलाकोटी र सचिव एसोसियटमा वैकुण्ठराज पराजुली विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी विजयी भए । पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको थियो ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना