
लमजुङ । यहाँको बेँसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो ।
आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ । अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ । हाल आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको छ । आगामी फागुनसम्म उत्पादन घटने उनले बताए ।
गतवर्ष पनि विद्युत् उत्पादन घटेर २५ मेगावाटमा झरेको थियो । सो आयोजना सन् २००८ मा रु २७ अर्ब २० करोडमा निर्माण सम्पन्न भएको थियो । जिल्लामा निर्माण सम्पन्न भएका अन्य विद्युत् आयोजनाको पनि उत्पादन घट्न थालेको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन घट्न थालेको जनाइएको छ ।
भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना, दोर्दी गाउँपालिका–६ स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाको पनि विद्युत उत्पादन घट्न थालेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह