
लुम्बिनी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकारले उद्योगमैत्री नीति बनाउने उल्लेख गर्दै आगामी बजेट उद्योगीको हकहितमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
(बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित दुई मेगावाट क्षमताको सोलार प्लान्टको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले वर्तमान सरकार देशको आर्थिक विकासमा टेवा पुर्याउन औद्योगिक क्षेत्रको विकास र स्वदेशमा रोजगार सिर्जना गर्न नीतिगत सुधारमा लागेको बताए । स्वच्छ र नवीकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको उनले बताए । मन्त्री भण्डारीले यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताए ।
मन्त्री भण्डारीले आजै परासीस्थित समृद्धि स्टिल उद्योग र लक्ष्मी हुुन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गरेका छन् । उद्योग अवलोकनका क्रममा उनले उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जनासम्बन्धी प्रत्यक्ष जानकारी समेत लिए । उनले औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिसँग छलफल समेत गरे ।
यसैगरी मन्त्री भण्डारीले स्वदेशमै सवारीसाधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा सवारीसाधन निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम