नेपाल शेर्पा विधार्थी संघको आयोजनामा पुरानो लुङ्ता व्यवस्थापन कार्यक्रम हुने

काठमाडा । नेपाल शेर्पा विद्यार्थी संघको आयोजनामा वैशाख २६ गते (भोली) पुरानो लुङ्ता व्यवस्थापन, तीर्थस्थल सरसफाइ कार्यक्रम हुने भएको छ । शेर्पा विद्यार्थी संघको केन्द्रीय कमिटीद्वारा आयोजित उक्त कार्यक्रम फर्पीङ दक्षिणकालीमा आयोजना हुने भएको हो ।

केन्द्रिय अध्यक्ष फुर्वा छिरिङ शेर्पाकानुसार “तीर्थस्थल सरसफाई र लुङ्ता सचेतनासँगै धर्म, परम्परा र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको  जनाएको छ ।

सोही दिन नेपाल शेर्पा विधार्थी संघको आधिकारिक भित्तेपात्रो र टेबल पात्रो पनि विमोचन गरिने छ । सो अवसरमा “सचेतना र अध्यात्मिक मुल्य “मा आधारित  प्यानल डिस्कसन गरिने पनि बताएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार