
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?