
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सनराइजर्स हैदराबादसँग पराजित भएको छ । गएराति भएको खेलमा हैदराबादले अङ्कतालिकाको दोस्रो स्थानमा रहेको बेङ्गलुरुलाई ४२ रनले हरायो ।
जीतका लागि हैदराबादले दिएको दुई सय ३२ रन लक्ष्य पछ्याएको बेङ्गलुरु १९ ओभर ५ बलमा एक सय ८९ रनमा अलआउट भयो । उसका फिल साल्टले सर्वाधिक ६२ तथा विराट कोहलीले ४३ रन बनाए । प्याट कमिन्सले तीन विकेट लिए ।
त्यसअघि लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ३१ रन बनायो । उसका इशान किशनले अविजित ९४ रन बनाए । बेङ्गलुरुका रोमारियो सेपर्डले दुई विकेट लिए । हैदराबाद यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । हारसँगै बेङ्गलुरुको १३ खेलमा १७ अङ्क भएको छ । बेङ्गलुरु तेस्रो स्थानमा झरेको छ । आठौं स्थानमा रहेको हैदराबादको १३ खेलमा ११ अङ्क छ । आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना