
चितवन । व्यावसायिक किट विकास फर्म भण्डाराले ३ लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलव ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो ।
फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले ३ लाख बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा छन् । यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन् ।
गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो । किम्बुको बिरुवा सार्नका लागि अवको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उनले बताए। फर्मले बिरुवाको प्रतिगोटा ५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
रेशमखेती गर्ने किसान विस्थापित भएसँगै यहाँको बिरुवा डाले घाँसको रुपमा बिक्री गरिँदै आएको छ । उनले भने, ‘रेशमखेती गर्ने किसान विस्तापित भएपछि अहिले घाँसेबालीका रुपमा यसलाई बिक्री गरिरहेका छौँ ।’ बिरुवा बिक्रीका लागि पालिकासँग समन्वय गरिएको उनले बताए।
उनका अनुसार पहिला मधेश प्रदेशका किसान बिरुवा लिन आउने गरेका थिए । अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन् । सो प्रदेशमा स्थानीय रुपमा नर्सरीहरुले बिरुवा उत्पादन गर्न थालेकाले र यसलाई किसान आफैंले कलमीमार्फत बिरुवा तयार गर्न थालेकाले त्यस क्षेत्रका किसान कम आएको उनले बताए ।
फर्ममा कान्भा दुई जातको किम्बुका बिरुवा बिक्रीका लागि तयारी भएका हुन । फर्मले अहिले नमुना बगैंचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ । मातृ संरक्षणअन्तर्गत विभिन्न जातका बिरुवा लगाएर संरक्षण गरिरहेको छ ।
यहाँ उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौँ, नवलपरासी, बागलुङ्, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा बिक्री गरिने गरिएको छ । अहिले जिल्लामा रेशमखेती गर्ने किसान छैनन् ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो