
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको छ । छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ। वर्षौँ सम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो।
२०७२ सालमा मन्दिर संरक्षणका लागि समिति गठन गरिएसँगै यसको पुनर्निर्माण सुरु गरिएको हो। आनन्दलाल श्रेष्ठको अध्यक्षतामा गठित समितिले मन्दिर संरक्षण सुरु गरी सोही वर्ष शिव महापुराणको आयोजना गरेर करिब १९ लाख सङ्कलन गरेको थियो । सो रकमबाट पर्खाल, होमकुण्डको, मन्दिरको अगाडि ढुङ्गा विछ्याउने कार्य, चौतारा निर्माण, ट्रष्ट स्थापना लगायतका काम सम्पन्न भएका छन्। यी संरचनाले मन्दिरको धार्मिक र भौतिकस्वरूप परिवर्तन भएको छ ।
समितिले विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा थप संरचना निर्माण गरिरहेको छ। २०७८ सालदेखि मन्दिर तथा पौवाको संरक्षण पुरातत्वक विभागसँग समन्वय गरेर अगाडि बढाइएको छ। त्यसयता पुरातत्वविभागले पुनर्निर्माण, मर्मत तथा संरक्षणमा आवश्यक प्राविधिक र आंशिक आर्थिक सहयोग गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताए।
मन्दिरमा हाल दैनिक नित्य पूजा–आरती हुँदै आएको छ। हालै प्रदेश सरकारले धार्मिक क्षेत्रमा २१ करोड विनियोजन गरे पनि बरेटार शिवमन्दिरको नाममा बजेट नदिएको समितिको गुनासो छ। “धेरै स्थानमा साना संरचनाका लागि बजेट गयो, तर यहाँको ऐतिहासिक मन्दिर सरकारको नजरबाटै ओझेलमा प¥यो,” अध्यक्ष श्रेष्ठले भने। यस मन्दिरलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ। त्यसका लागि पूर्वाधार निर्माण, सरसफाइ, सञ्चार सुविधा तथा सांस्कृतिक कार्यक्रमको आयोजना आवश्यक देखिन्छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना