
काठमाडौं । असोज १७ र १८ गते आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । सोको प्रारम्भिक विवरण देहाय बमोजिम रहेको छ :
१. कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटिय दायाँ किनारमा करिब २०० मीटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गा पा २ को कुवाडीमा अनुमानित २०० मीटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको छ । अनुमानित क्षतिको लागत रु ७५ लाख रहेको छ ।
२. मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरुमा क्षति पुर्याएको छ ।अनुमानित क्षतिको लागत रु ५० लाख छ ।
३. केशलिया नदीमा (बुढी खोला) आएको बाढीले बिराटनगर महा न पा ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएका छन् ।
४. कमला नदीको पूर्वि किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्याएको छ ।अनुमानित क्षतिको लागत रु २५ लाख छ ।
५. लालबकैया नदीको दायाँ किनार मौलापुर नपा १ मर्यादपुरमा करिब ६० मीटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मीटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको छ । अनुमानित क्षतिको लागत रु ६० लाख रहेको छ ।
६. महोत्तरीको रातो नदीले बलवा न पा २, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मीटर तटबन्ध बगाएको साथै लोहर पट्टी नपा ६ लोहारपट्टीमका ४०० मीटर, महोतरी गापा ६ रतबारा मा २० मीटर, जलेश्वर नपा १, ४ र ७ को बखरी र खैरामा गरी ८० मीटर तटबन्ध बगाई क्षति भएको छ । रातो नदीले जम्मा ८९० मीटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढ़ीको जोखिममा रहेको छ । अनुमानित क्षतिको लागत रु ८ करोड हो ।
सिंचाई तर्फ
१. सिंचाई प्रणालीहरुको बाँध क्षेत्रमा नदीहरुमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, Undersluice, मूल नहर र शाखा नहरहरुका गेटहरुलाई समयमा नै gate operation गरेको हुँदा सिंचाइ प्रणालीहरुमा उल्लेख्य क्षति नभएको ।
२. झाँज सिंचाइ प्रणालीको ब्यारेज भन्दा २०० मीटर माथिल्लो तटिय क्षेत्रको दायाँ guide bund बाट overflow भई मोहमदपुर गाउँ डुबान भएको छ।
३. सुनसरी मोरङ्ग, बाग्मती र नारायणी सिंचाइ आयोजनाहरुको सिंचित क्षेत्र भित्र रहेका खोला खोल्साहरुले खेति योग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन रहेको छ ।
४. सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशिय आयोजना अन्तर्गतको निर्माणाधिन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधिन संरचनाहरुको अवस्था एकिन हुन नसकेको छ।
पहिरो तर्फ
१. इलाम, पाँचधर, ताप्लेजुङ्ग लगायत कोशी र बाग्मति प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोका घटनाहरु भएको र सो को विवरण प्राप्त हुन बाँकी छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान