
काठमाडौं । जेन्जी आन्दोलन र तत्पश्चातको तरल राजनितिमा आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत एउटा पक्षले जेन्जी पुस्ताका आदिवासी जनजातिहरुलाइ अत्यन्त निकृष्टढंगले अपव्याख्या गर्दै नागरिकता माथिनै प्रश्न उठाएकोप्रति नेपाल आदिवासी जनजाति महासंघको गंभिर ध्यानाकर्षण भएको जनाएकाे छ । कुनै आदिवासी जनजातिको अनुहार, यो मुलुकका आदिवासी जनजातिहरुमाथि क्रुरता वर्षाउने निरंकुश सामन्तको जस्तो भएन वा मिलेन भनेर उसलाइ नेपाली नागरिक नै होइन भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा बुर्कुसी मार्ने स्वार्थ समुहहरुको यो हर्कतको हामी कडा प्रतिवाद गर्दछौं ।
‘हेर्दै नेपालीजस्तो नदेखिने”, “नेपाली भाषा राम्रोसँग बोल्नै नजान्ने”, भन्दै हिमाली भेगका आदिवासी जनजातिहरुलाइ उत्तरको छिमेकी मुलुकको नागरिकसंग जोडिदिने अनि तराइका आदिवासी जनजातिहरुलाइ दक्षिणी छिमेकी मुलुकको नागरिकसंग साइनो लगाइदिने जस्ता षडयन्त्रपूर्ण गतिविधिहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउंदै यस्ता गतिविधिहरु सामाजिक सद्भाव र हार्दिकता विथोल्न उद्धत हुने भएकोले यिनीहरुको पहिचान गरी कडा कार्वाही गर्न माग गर्दछौं । नेपालमा आदिवासी जनजाति समुदायहरू शताब्दीऔँदेखि योजनाबद्ध रूपमा विविध हिसाबले राज्यबाट बहिष्कृत हुँदै आएका छन् फलस्वरुप आदिवासी जनजातिहरूलाई पहिचान, भूगोल, भाषा, धर्म-संस्कृति, वर्ण र वर्गलगायतका आधारमा सधै प्रश्न उठाइन्छ अनि प्रशासनको डण्डा देखाएर तर्साइन्छ, पछिल्लो समय हुम्लाकी टासी ल्हान्जोममाथि यस्तै आक्रमण हुँदैछ हामी यसको घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ ।
आदिवासी जनजातिहरुको आफ्नो विशिष्टता भनेकै पृथक पहिचान हो जसको शारिरिक बनावट देखि बोलिचालीको लवज अनि साँस्कृतिक अभ्यास, गैर आदिवासी जनजातिहरुको भन्दा फरक हुन्छ । तर यहि विविधतालाइ स्वीकार्न नसक्ने समुहले आदिवासी जनजातिहरुलाइ यो वा त्यो नाममा इतिहासका विभिन्न कालखण्ड देखि वर्तमानसम्म पनि विभिन्न तवरले विभेदको शिकार बनाएको छ ।
जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्नु भएका सहिदहरु तथा घाइते भएका आदिवासी जेन्जी पुस्ताको वलिदानीलाइ अवमुल्यन गर्दै यतिवेला राज्यका विभिन्न निकायबाट पाखा लगाउन प्रभाव पार्ने गरी गरिएका षडयन्त्रहरुका विरुद्ध खबरदारी गर्दै सम्पूर्ण आदिवासी जेन्जी पुस्तालाइ सम्भावित जुनसुकै अवस्थाका लागि तयारी अवस्था रहन आव्हान गर्दछौं ।














समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान