
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिएको छ । सीमित आवेदन स्टेशनबाट शुरू गर्न लागिएको यो सेवाका लागि आवेदन गर्न बेलुका ५ बजे अनलाइन स्लट खुल्नेछ ।
अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।

फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान