
काठमाडौं । नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्दा इशान पाण्डेले स्थान बनाएका छन् । इशान टोलीमा भित्रँदा बसिर अहमदले भने शृंखला गुमाउने भएका छन् ।
लिग २ शृंखला आउँदो मंगलबार (वैशाख २९)देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुँदै छ । स्कटल्यान्ड र अमेरिका काठमाडौंको मौसमसँग घुलमिल हुन यहाँ नेपाल ‘ए’सँग अभ्यास खेल खेलिरहेका छन् ।
सोहीक्रममा नेपाल ‘ए’बाट इशानले ब्याटिङमा प्रभावकारी इनिङ खेलेका थिए । नेपाली टोलीको ब्याटिङमा समस्या देखिइरहेका बेला प्रशिक्षक स्टुअर्ट लले इशानलाई टोलीमा राखेका छन् । राष्ट्रिय टोलीमा उनको आगमनसँगै नेपाली टिमको ब्याटिङ विकल्प अझ बलियो बन्न पुगेको छ । प्रशिक्षक लले यसअघि अर्जुन कुमाललाई टोलीमा स्थान दिइसकेका छन् । भेट्रान विनोद भण्डारी पनि टोलीमै नै छन् ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, विनोद भण्डारी, भीम सार्की, आरिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललितनारायण राजवंशी ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो