
काठमाडौं ।लाइफ इन्स्योरेन्स कर्पाेरेनश नेपाल लिमिटेड (एलआईसी नेपाल) को नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल ३२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । यस आधारमा कम्पनीको नाफा ३५.७८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ८.२२ प्रतिशतले बढेर १५ अर्ब १० करोड १० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै कम्पनीको जीवन बीमा कोष १०.४४ प्रतिशत बढेर १ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कोष १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने सामान्य घटेर ७ अर्ब २६ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ थियो। कुल खर्च पनि बढेर २२ अर्ब १६ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च २१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ५.७२ रुपैयाँबाट बढेर ७.७७ रुपैयाँ पुगेको छ। प्रति सेयर नेटवर्थ १७६.४७ रुपैयाँ कायम रहेको छ । चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?