
काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । गत असार १२ गतेको तुलनामा असार १९ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोलामा ११ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार गत असार १२ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असार १९ गतेसम्म आइपुग्दा सुनको मूल्य वृद्धि भएर २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार, गत असार १४ गते आइतबार अघिल्लो दिनको तुलनामा सुन ४ हजार ७०० रुपैयाँले बढेर उक्त दिन २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार १५ गते सोमबार भने सुनको मूल्य घटेको थियो । अघिल्लो दिनको तुलनामा १ हजार ४०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार १६ गते मंगलबार पनि सुनको मूल्य घटेको थियो । अघिल्लो दिनको तुलनामा उक्त दिन ४ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असार १७ गते बुधबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन । अघिल्लो दिनको तुलनामा उक्त दिन ७०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, असार १८ गते भने सुनको मूल्य बढेको थियो । उक्त दिन नेपाली बजारमा सुनको मूल्य ६ हजार २०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार १९ गते पनि सुनको मूल्य ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार