
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन पनि उच्च अंकले घटेको बजार आज पनि घटेर नै बन्द भएको हो ।
आज सेयर बजार परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ वटा कम्पनीको मात्रै बढेको छ । आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि २.४९ अंकले घटेर ४५४.१९ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन कारोबार पनि घटेको छ । आज सेयर बजारमा ४ अर्ब ६१ करोड माथिको मात्रै कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ४ अर्ब ८२ करोड माथिको कारोबार भएको थियो ।
आज सेयर बजारमा ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँको कारोबार भएको छ ।












समाचार
एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित
आईएफआरसीद्वारा भोटेकोसी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा
रिज लाइन इनर्जीको विशेष साधारणसभा आह्वान, के छन् एजेण्डा ?
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
बाढी प्रभावितको राहतका लागि भारत सरकारले पठायो १० टन औषधी र मानवीय सहायता सामाग्री
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह