
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशैभरिका शाखा प्रमुखहरुको उपस्थितिमा भिजन टु भ्यालु कन्क्लेभ हालै भव्य रुपमा सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतलाल तोदी, सिईओ शिवनाथ पाण्डे तथा डेपुटी सिईओ निराजन कँडेलसहितका उच्च पदस्थ कर्मचारीहरुको उपस्थितिमा देशभर रहेका १६९ वटै शाखाका प्रमुखहरुको सहभागितामा उक्त कन्क्लेभ भव्य रुपमा सम्पन्न भएको हो ।
यही साउन १९ र २० गते पोखरास्थित ग्राण्ड होटलमा आयोजित कार्यक्रममा देशैभरिका शाखा प्रमुखहरु, मार्केटिङ कर्मचारीहरु, सबै विभागीय प्रमुखहरु सहभागी थिए । भिजन टु भ्यालु कन्क्लेभमा कम्पनीको बार्षिक व्यवसायीक समीक्षा र चालु आवको व्यवसायीक रणनीतिहरु बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । कम्पनीले देशैभरिका आफ्ना शाखा प्रमुखहरुलाई एकै ठाउँमा भेला पारेर अनुभव आदानप्रदान गर्नुको साथै व्यवसाय रणनीति बनाएर परिचालन गरेको छ ।
सो कन्क्लेभमा सिईओ शिवनाथ पाण्डेले बीमाको बजारिकरण, बीमितको हित, अण्डराईटिङको महत्वदेखि सम्पत्ति शुद्धिकरण तथा बीमा फ्रडलाई न्यूनिकरण गर्ने सम्बन्धमा तालिम दिएका थिए ।
भिजन टु भ्यालु कन्क्लेभमा सबै शाखा प्रमुखहरुले आफ्ना अनुभव साटासाट गरेका थिए भने आपसमा सौहार्दताले सहकार्यको वातावरण सिर्जना गर्दै अझै उत्कृष्ट बीमा सेवाको लागि अघि बढ्न प्रेरणा मिलेको जनाइएको छ । भव्य बीमा सम्मेलनमा देशैभरिका शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरुले आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले आफ्नो मन्तव्य, अनुभव राखेका थिए । साथै उनीहरु कार्यस्थलमा भोगेका अप्ठेराहरु, व्यवसायिक आईडियाहरु साझा गरेका थिए ।











समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु