
काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने नेपाली एकदिवसिय क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसिय टोलिको कप्तान नियुक्त गरेको हो ।
सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् ।
सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् ।
आइसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो । योसँगै रोहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन् । क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० को कप्तान नियुक्त गरेको थियो ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान