
काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ । निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक भएका व्यक्तिहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन् ।
ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू :
निगमको टेकु परिसर : नेपाल, एचपि, एभरेष्टरसुगम, श्रीराम र सगर
पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ : नेपाल, एचपि र भानु
राधास्वामी, कीर्तिपुर परिसर : नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार जुडो हल परिसर : नेपाल, एचपि र ओम
तारकेश्वर नगरपालिकाको परिसर : नेपाल र एचपी
चन्द्रागिरी नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपि र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी : नेपाल, एचपि, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र बिक्रेताहरू मार्फत पनि वितरण जारी रहेको जानकारी दिँदै समस्यामा परेकाहरूलाई मात्र यी केन्द्रहरूमा आउन अनुरोध गरेको छ । निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास विक्री गरेको थियो ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै